14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजदेखि खसीबोका बिक्री गरिने, प्रतिकिलो ५ सय ६० रुपैयाँ




आजदेखि खसीबोका बिक्री गरिने, प्रतिकिलो ५ सय ६० रुपैयाँ

काठमाडौं, ३ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ । थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाडौं ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २ सय ५ गरी ४ सय ५ वटा खसीबोका काठमाण्डौ ल्याइएको छ । यसपालि एक हजार  खसीबोका बिक्री गर्ने तयारी छ ।

हरेक वर्ष दशैँमा सरकारले खसीबोका तथा च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने भने पनि गएको वर्षको तुलनामा मूल्य बढी भएपछि अन्तिममा नल्याउने निर्णय भएको कम्पनीले जनाएको छ । यसैबीच दशैँका लागि खसीबोका, भेडाच्याङ्ग्राको जोहो गर्नेले स्वस्थ र अस्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न डाक्टर अवधेश झाले आग्रह गरेका छन् । 
काठमाडौं महानगरपालिकाको पशुसेवा महाशाखाका प्रमुख डाक्टर झाकाअनुसार स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको छ।  हरियो रङ लगाइएको खसीबोका र च्याङ्ग्रा मात्रै खरिद गर्न उपभोक्तालाई उनको आग्रह छ ।




यसमा तपाइको मत


Comments