14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण, २३३५ जना डिस्चार्ज




नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण, २३३५ जना डिस्चार्ज

काठमाडौं, ३ कात्तिक । नेपालमा थप तीन हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९४ हजार ५०१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेका छन् । आजसम्म देशभर चार हजार ४७० जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 




यसमा तपाइको मत


Comments