14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली




देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली

काठमाडौं, ४ कात्तिक । प्रदेश नम्बर १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य भूभागमा मंगलबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन्।

मंगलबार राति पनि प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहान प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको छ। हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन्।

मौसम विश्लेषण (Meteorological Analysis):

उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान    

कार्तिक ०४ गते  (मंगलबार):

दिउँसो : प्रदेश नं बागमतीकर्णाली  गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश नं बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक ०५ गते  (बुधबार):

दिउँसो : प्रदेश नं १बागमतीकर्णाली  गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को  एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश नं १बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक ० गते  (बिहिबार):

दिउँसो : प्रदेश नं बागमतीकर्णाली  गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ ।

राती सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका  एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।

 




यसमा तपाइको मत


Comments