14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, ४०९६ जना डिस्चार्ज




नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, ४०९६ जना डिस्चार्ज

काठमाडौं, १४ कात्तिक । नेपालमा थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख २८ हजार ९५८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार १९० जना र होम आइसोलेसनमा ३१ हजार ३८७ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ६६६ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 




यसमा तपाइको मत


Comments