15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साल्ट ट्रेडिङ्गले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बोलायो साधारणसभा




साल्ट ट्रेडिङ्गले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बोलायो साधारणसभा


काठमाडौं, ९ मंसिर । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । 
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कूल ३५ प्रतिशत लाभांश प्रस्तावसहित सभा बोलाएको हो । 

कम्पनीको साधारण सभा मंसिर ३० गते मंगलबार बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत हुनेछ।

यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ को नाफाबाट पनि कम्पनीले समान शेयरधनीलाई २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत नै लाभांश प्रस्ताव गरेका थियो।

प्रस्तावित बोनस कम्पनीको ५३ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीलाई वितरण गरिनेछ। २५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १९ करोड १९ लाख ६९ हजार ७५० रुपैयाँ पुग्नेछ।




यसमा तपाइको मत


Comments