26 Baishak, 2081 / 8 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अर्थमन्त्रीलाई बुटवलमा कालोझण्डा 




अर्थमन्त्रीलाई बुटवलमा कालोझण्डा 

बुटवल, १० मंसिर । बुटवलमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई कालोझण्डा देखाएका छन् ।  गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेललाई कांग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका हुन् ।
अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपछि पौडेलको रुपन्देहीमा आलोचना हुँदै आएको छ । 
अर्थमन्त्री पौडेल सैनामैनामा सञ्चालित परियोजनाको अवलोकन गर्न त्यहाँ जाँदै थिए । बुटवलमा रहेको प्रदेशको अस्थायी राजधानी दाङ लैजाने प्रस्ताव प्रदेश सरकारले प्रदेश सभामा पेस गर्दा बुटवल क्षेत्रबाट निर्वाचित सांसद भएर पनि पौडेल चुप लागेको भन्दै विरोध हुँदै आएको छ ।



Related News


यसमा तपाइको मत


Comments