14 Magh, 2077 / 27 January , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

१२.६ प्रतिशतले बढ्यो रेमिट्यान्स 




१२.६ प्रतिशतले बढ्यो रेमिट्यान्स 

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ । बैंकका अनुसार सोही अवधिमा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको पहिलो सोहि अवधिमा रेमिट्यान्स ५.१ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ७.६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६.८ प्रतिशतले घटेको छ । यस अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन महिनामा ७८.६ प्रतिशतले घटेको छ ।

बैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि यस अवधिका अबैधानिक हुन्डी कारोबार रोकिएर बैधानिक रुपमा आउने रेमिन्यान्स बढेको हो । यस्तै विदेशका विभिन्न स्थान रहेको नेपालीहरुलाई कोभिडले असर गरेको भन्दै त्यहाँका सरकारले राहत दिएकोले पनि रेमिट्यान्स बढ्नमा सहयोग पुगेको हो ।

समिक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भएर २ अर्ब ८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो खुद ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।

 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti