14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ठगी अभियोगमा फरार न्यौपाने पक्राउ    




ठगी अभियोगमा फरार न्यौपाने पक्राउ    

काठमाडौं, १० मंसिर । भक्तपुर चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इञ्जिनियरिङ कलेज चाँगुनारायणका तत्कालीन अध्यक्ष रामेछाप मन्थली नगरपालिका–८ घर भई काठमाडौंं चण्डोलमा बस्दै आएका लम्बोदर न्यौपानेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । कलेज सञ्चालनमा आर्थिक अनियमितता गरेको अभियोग लागेपछि फरार न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले पक्राउ गरेको हो ।     
 कलेजमा भएको आर्थिक अनियमितताबाट रु.२३ करोड १० लाख २३ हजार ४४३ बेरूजु देखिएको र न्यौपानेका नाममा मात्रै रु.तीन करोड ७१ लाख ५३ हजार ६५० बेरूजु रही ठगी गरेको अभियोग लाग्दै आएको थियो । आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई रु.७८ लाख घुस लिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनुपरेको थियो । अभियुक्त न्यौपानेसहित पाँच जनाविरूद्ध ठगी मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिए । 
 




यसमा तपाइको मत


Comments