14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा सचिवालय बैठक आज, ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने 




नेकपा सचिवालय बैठक आज, ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने 

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गएको कात्तिक २८ गते प्रस्तुत गरेको प्रस्ताव र ओलीमाथि लगाएका गम्भीर आरोपको खण्डन गर्दै ओलीले आफ्नो प्रस्ताव पेस गर्न लागेकाले आजको बैठकलाई चासोको रुपमा हेरिएको छ। ओलीले १० दिन लगाएर यो प्रस्ताव तयार गरेका हुन्।

३ मंसिरमा बसेको सचिवालय बैठकमा ओलीले आफूमाथि प्रचण्डले लगाएका आरोपको जवाफ लेख्न दश दिनको समय मागेका थिए। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको जवाफ तयार भइसकेको जानकारी दिए। ओलीले प्रचण्डले उठाएका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर दिने गरी प्रस्ताव तयार गरेको बालुवाटार स्रोतले जनाएको छ। पछिल्लो समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूतहरुको नियुक्ति, पार्टीको कर्णाली प्रदेशमा देखिएको विवाद, तराईका केही जिल्लामा कार्यकर्ताबीच भएका झडप, ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता लगायतका विषयमा नेकपामा तीव्र विवाद छ।




यसमा तपाइको मत


Comments