15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रकार महासंघले आन्दोलनलाई थप सशक्त बनाउने




पत्रकार महासंघले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं, १३ मंसिर । नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि सञ्चालन गरेको आन्दोलनलाई थप सशक्त बनाउने भएको छ ।  धादिङको बैरेनीमा सम्पन्न महासंघको बैठकले घोषणापत्र जारी गर्दै पत्रकारको पक्षमा संवाद, आन्दोलन र कानूनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढने प्रतिवद्धता जनाएको हो । श्रमजिवी पत्रकारका उजुरी र गुनासाहरुलाई व्यवस्थित गर्न महासंघ केन्द्रीय कार्यालयमा श्रम डेस्क स्थापना गर्ने, श्रम समस्या देखिएका तीन वटा सञ्चारगृहहरुमा थप आन्दोलन गर्ने पनि महासंघले निर्णय गरेको छ ।

महासंघले कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निस्शुल्क उपचार, बेरोजगार भएका तथा दबाबपूर्ण बिदामा राखिएका पत्रकारलाई तत्काल लेखनवृत्तिको व्यवस्था गर्न, कोरोना बीमा छिटो भुक्तानी गर्न, कोरोनाका कारण प्रभावित भएका सञ्चारगृहहरुलाई सहुलियत उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने तथा कोरोनाको बहानामा पारश्रमिक उपलब्ध नगराउने, तथा निष्काशन गर्ने सञ्चार गृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन सरकारसँग माग गरेको छ । महासंघले शाखा तथा प्रदेश समितिहरुको अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि कार्यदलसमेत गठन गरेको छ ।




यसमा तपाइको मत


Comments