15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 प्रचण्डसँग गौतमको भेटवार्ता 




 प्रचण्डसँग गौतमको भेटवार्ता 

काठमाडौं, १७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल प्रचण्डसँग उपाध्यक्ष वामदेव गौतमले भेटवार्ता गरेका छन् । नेकपा विभाजनमा तटस्थ रहेका वामदेव प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । 
प्रचण्ड–माधव नेपाल र ओली पक्षले गौतमलाई आफूतिर तान्न कोशिस गरिरहेका छन् । वामदेव भने दुवैतिर नगएर पार्टी एक हुनुपर्ने पक्षमा मत राख्दै आएका छन् । 

उनले राजनीतिक दलसम्बन्धी कानुनअनुसार पनि पार्टी एकताको पाँच वर्ष नपुग्दासम्म नेकपा विभाजन हुन नसक्ने भन्दै नेकपा विभाजन गर्न नमिल्ने बताउँदै आएका छन् । गौतमपत्नी तुलसा थापालाई ओली पक्षले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । तर उनी सो पक्षमा गएकी छैनन् । 




यसमा तपाइको मत


Comments