14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पूर्व, मध्य तथा पश्चिमका केही भागको मौसम आंशिक बदली




पूर्व, मध्य तथा पश्चिमका केही भागको मौसम आंशिक बदली


काठमाडौं, २७ पुस । पूर्व, मध्य तथा पश्चिमका केही भागमा आंशिक बदली भइ देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका छन्। हाल प्रदेश १ र प्रदेश २ का केही क्षेत्रमा आंशिक बदली भएको छ।

सोमबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। यसैगरि राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। प्रदेश १ र प्रदेश २ का एक–दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदले बताएका छन्। देशका अरु क्षेत्रमा राति मौसम सामान्यतया सफा रहनेछ।

यसैबिच देशको विभिन्न भू–भागमा बिहानको न्यूनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागमा बिहानको समयमा हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

हेर्नुहोस् 

मौसम विश्लेषण (Meteorological Analysis):
हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १  प्रदेश २ का केहि भू-भागमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष २७ गते (सोमबार)

दिउँसो : प्रदेश १प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति :  प्रदेश १प्रदेश २बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको छ भने बाँकि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

राति : प्रदेश १प्रदेश २बागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

 

पौष  गते (बुधबार)

दिउँसो : दिउँसो : प्रदेश १प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १प्रदेश २बागमती प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours-

देशको विभिन्न भू-भागमा बिहानको न्युनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागमा बिहानको समयमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । 

 




यसमा तपाइको मत


Comments