15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रधानमन्त्रीको भारतीय च्यानलमा अन्तर्वार्ता नाटक मात्रै होः प्रचण्ड(भिडियोसहित)




प्रधानमन्त्रीको भारतीय च्यानलमा अन्तर्वार्ता नाटक मात्रै होः प्रचण्ड(भिडियोसहित)

काठमाडौं, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता नाटक भएको बताएका छन् । प्रज्ञा भवन कमलादीमा भएको काठमाडौं जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले भने, ‘त्यो नाटक हो भन्ने पटाक्षेप आज भइसक्यो । सगरमाथाको नाम फेर्ने र त्यही जीन्यूजले ।’
यस्तै प्रचण्डले ओलीलाई विदेशीले मन्त्र सुनाएको बताए । सारमा ओलीले नै भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर भनेको स्मरण गर्दै उनले भने, ‘हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’

उनले अघि भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे । तपाईं यसलाई के भन्नुहुन्छ केपीजी । मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त । उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै ।’
यस्तै प्रचण्डले ७० वर्षभन्दा धेरै समयदेखिको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको बताए । आफैले बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लामो समयदेखिको सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा परेको उनले बताए । 

लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको भन्दै देश र नागरिक सामु देखिएका सङ्कट समाधानका लागि एकजुट हुन उनले सबैसँग आग्रह गरे । आफ्नै आँखा अगाडि निरङ्कुश ढङ्गले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाले आफूले त्यसलाई हेरेर बसिरहन नसकेको दाहालको भनाइ छ । 

निकै धेरै कसरतपछि मात्रै पार्टी एकताको घोषणा भएको भन्दै उनले पार्टी एकता हुनुभन्दा पहिले विचार र राजनीतिक कार्यदिशाका बारेमा धेरै चरणमा बहस भएको स्मरण गरे । 

हेर्नुहोस् भिडियो

 

 




यसमा तपाइको मत


Comments