15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संसद विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाई शुक्रबार




संसद विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाई शुक्रबार


काठमाडौं, २९ पुस ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो  । अब अर्को सुनुवाई शुक्रबारका लागि तोकिएको छ । बुधबारको सुनुवाईमा प्रतिनिधि सभा विघटनविरुद्धको रिट संबैधानिक इजलासमा गर्नेकी बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा बहस भएको थियो । बहस नसकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराएका हुन् ।

आजको बहसमा प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्षले असहमति व्यक्त गरेको छ । आजको इजलासका लागि सर्वोच्चले प्रधानन्यायाधीश जबराको नेतृत्वमा इजलास गठन गरेको थियो । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।  
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १४ रिट निवेदन दर्ता भएको थियो।
रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधि सभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ।




यसमा तपाइको मत


Comments