20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः उर्जामन्त्री




एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः  उर्जामन्त्री

 

काठमाडौं, २९ पुस । उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीलेएमसीसीलाई खारेज गर्ने किलागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएका हुन् । 
‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने,‘हामी एक दिन त के एक छिन पनिपर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’ अमेरिकी सहयोग सम्बन्धीमिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो । रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानीगर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए । उनले एमसीसीलाई लागू गर्न जोड दिए । उनले भने,‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुनकुनबुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’
रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालले धोकादिएकाआरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकताहुँदापहिलो अध्यक्ष बनाएको, प्रधानमन्त्री बनाएको र संसदीयदलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको आरोप लगाए । “पहिलो सर्वसम्मतगर्ने, अहिले कोकोलाई केके इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?” उनले प्रश्न गरे । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामीयहाँ छौँ भनेर सडकमा देखापरेको भन्दै रायमाझीले व्यङ्ग्यसमेत गरे । 

रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेताभएको बताए । आफू अवसरवादी नेतानभएको भन्दै उनले जनमुक्ति सेना र गुरिल्लाबनाउनविगतमा महत्वपूर्ण भूमिका खेलेको बताए । “अवसरवादीका कुरा गर्ने ?को अवसरवादी ? कसैले हिम्मत गरोस्, आधार पेश गरोस् न ?” उनले भने । आफ्ना सामुन्ने आएर अवसरवादी भन्न चुनौती दिए । जनयुद्धपछि शान्तिप्रक्रियामा आएपछि डा. बाबुराम भट्टराई देशकालागिआवश्यकव्यक्तिभनेर काँधथापेको तर माओवादी केन्द्र छोडेपछि आफूले साथदिननसकेको उनले बताए । 

उनले नेपालभारतबीचको सम्बन्ध सुधारकालागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायीहुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धीकाविषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दावी छ । उर्जासम्बन्धीएजेण्डामा पनि छलफल हुने रायमाझीले बताए ।४ सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युतभारत र भारतको विद्युत नेपालल्याउनुपरेमा सहजहुने बताए । विद्यतु व्यापारसम्बन्धमा पनि छलफल हुने उनको भनाई छ । त्यसैगरी, माथिल्लो कर्णालीकाविषयमापनिदुई पक्षीय छलफल हुने छ । 

नेपालमाअहिले विद्युतको अभावनभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको मन्त्री रायमाझीले बताए । उनले लोडसेडिङ्ग नभएको स्पष्ट पारे । बेला बेलामावत्तीजाने समस्याबारे सोधेको प्रश्नमाउनले,‘गतवर्षभन्दा यो वर्ष कमविद्युतगएको छ ।’तपाई मन्त्री बन्नासाथ किन विजुली आउने जाने भइरहेको छ भन्ने पत्रकारको प्रश्नमामन्त्री रायमाझीले भार वितरण केन्द्रमा भएको समस्याले विद्युतआपूर्तिमा समस्याआएको बताए । तर, गतवर्षभन्दा कम पटक विजुली गएको स्पष्ट पारे । उनले आफूमाथिलागेको आरोपको खण्डन गर्दै विद्युतआपूर्तिको तथ्याङ्क नै पेश गरेकाथिए । 


नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भुमिका खेलेको रायमाझीको दावी छ । मास्टरप्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले जानकारी दिए । यस विषयमा स्वयम् घिसिङले पनि स्वीकारेको उनले बताए । 

आफूले नै विद्युतप्राधिकरणको प्रमुखका रुपमा घिसिङलाई ल्याउने पहल सुरु गरेको रायमाझीले बताए । “त्यसबेला मुकेश काफ्लेलाई हटाएर घिसिङलाई ल्याउने योजना मेरो हो । मैले नै वातावरण सृजना गरेको हो । तर सरकार परिवर्तन भयो । जसले गर्दा मेरो पालामा हुन पाएन । तर मेरै योजनाहो ।”उनले भने ।
अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपतगर्ने भन्ने रहेको उनको भनाई छ । आगामी भदौसम्म त ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको उजले जानकारी दिए । 


 




यसमा तपाइको मत


Comments