15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली




देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौं, १ माघ । देशका अधिकांश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ भने तराईमा हल्का हुस्सु–कुहिरो लागेको छ ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भू–भागमा आंशिक बदली हुनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै भू–भागमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैबिच देशका विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

मौसम विश्लेषण (Meteorological Analysis):

हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status): 

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ  तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ  ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

 

 माघ १ गते (बिहीबार)

दिउँसो :  प्रदेश १प्रदेश २   र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भु-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 राती : प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ।  प्रदेश नं १ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

 

माघ २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकि प्रदेशका धेरै भू-भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  । सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

 

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही  देशका अन्य भू-भागहरुमा आंशिक बदलि रहने देखीन्छ ।

 माघ ३ गते (शनिबार)

दिउँसो :  प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का  एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

 

राती : प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेश र लुम्बिनि प्रदेशका धेरै भू-भागहुमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ।  । प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकि प्रदेशका  एक दुई स्थानमा हल्का बर्षा र उक्त प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours-

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ । 

 

 




यसमा तपाइको मत


Comments