14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप २६६ जनामा कोरोना संक्रमण 




 थप २६६ जनामा कोरोना संक्रमण 


काठमाडौं, ४ पुस । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९५९ पुगेको छ।




यसमा तपाइको मत


Comments