15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन 




प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन 


काठमाडौं, ११ माघ । प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रको सूचनाका सम्बन्धमा प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले लिखित निवेदन पेस गर्न सुझाव दिएपछि रिट निवेदकको तर्फबाट निवेदन परेको हो । निवेदन दिनेहरूमा नेकपाको प्रचण्ड–माधव समूहका नेताहरू देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकामा एक महिनासम्म पनि राजपत्रमा प्रकाशित भएन । यसबारे अधिवक्ताहरूले प्रश्न उठाएपछि प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासले राजपत्र पेस गर्न निर्देशन दिएको थियो । त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरेर गएको शुक्रबारको इजलासमा पेस गरिएको थियो । 
 




यसमा तपाइको मत


Comments