14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा




चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा


काठमाडौं, १४ माघ । चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो । 
पूर्वप्रधान्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अधिवक्ता धनजीत बस्नेतले अवहेलना मुद्दा दर्ता गरेका हु्न् । अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरि स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजाय तोक्न रिट निवेदकले माग गरेका छन् । 

यस मुद्दाको पेसी बिहीबार तोकिएको छ । पूर्वप्रधान्यायाधीशहरू रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले गएको पुस २४ गते प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संयुक्त विज्ञप्ति निकालेका थिए ।  अदालतको अवहेलना गरेको ठहर भएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था छ ।  




यसमा तपाइको मत


Comments