14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस   




प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस   

काठमाडौं, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतबार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । 

मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ ९४० तथा प्रदेश सभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

नेकपाको ओली समूहले नेकपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा नफुटेको भन्दै अविश्वासको प्रस्तावको वैधानिकताबारे प्रश्न गर्दै आएको छ ।

आइतवार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्ताव वैधानिक नभएको स्मरण गराउनुभएको थियो । तर सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार तथा ओली पक्षका सांसदको उपस्थिति विनै बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न अनुमति दिएका छन् ।

अविश्वास प्रस्ताव पेस हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक आउँदो २० गतेसम्मका लागि स्थगित गरेका छन् । 




यसमा तपाइको मत


Comments