14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 विमानस्थलबाट तीन थान सुनको बालासहित एक पक्राउ




 विमानस्थलबाट तीन थान सुनको बालासहित एक पक्राउ

काठमाडौं, ९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन थान सुनको बालासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–३ का ४१ वर्षीय मो.मेराज मिकरानी रहेका छन्।
कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई ल्याइएको सो बाला विमानस्थलमा संकलन गर्ने क्रममा विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।

बरामद बालासहित मिकरानीलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।




यसमा तपाइको मत


Comments