14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मेलम्ची खानेपानीको सुरुङ परीक्षण शुरु    




मेलम्ची खानेपानीको सुरुङ परीक्षण शुरु    

 सिन्धुपाल्चोक, १० फागुन । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा सोमबार पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ ।     
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले आज सो कार्यको शुभारम्भ गरेका हुन् । आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो ।     
गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुईजनालाई खोलाले बगाएको समेत थियो । दुईमध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन ।     
मन्त्री थापाले पानी काठमाडौँ लगेर वितरण गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुने बताए । 
 




यसमा तपाइको मत


Comments