15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ




तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, ११ फागुन ।  सुनको भाउ मंगलबार तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ ।

अस्ति आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो ।  तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो । त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो । 




यसमा तपाइको मत


Comments