26 Baishak, 2081 / 8 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुन




एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुन

काठमाडौं, १८ फागुन  । सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । सोमबार तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 
 




यसमा तपाइको मत


Comments