14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन




प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन


काठमाडौं, २१ फागुन। प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको हो । 
प्रचण्डको प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए।

कानुन व्यवसायीहरुको सुझावको आधारमा दलको बैठकको अध्यक्षता नेता झलनाथ खनालले गरेका थिए ।

खनालले संसदीय दलका सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा आजको बैठकको अध्यक्षता गरेका हुन्।

प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसलगत्तै पनि ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।
 




यसमा तपाइको मत


Comments