14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रतिनिधिसभा बैठक आज बस्दै




प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, २३ फागुन । सर्वोच्चको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिन भित्र अधिवेशन बोलाउन आदेश दिएको थियो।

सोही अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी हुन्। संसद बैठक दिउँसो ४ बजे बस्ने तयारी छ। बैठकका लागि सबै तयारी लगभग पूरा भएको संसद सचिवालयले जनाएको छ।

आफैले विघटन गरेको संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव सामना गर्नु पर्ने देखिएको छ। सर्वोच्चको फैसलापछि नैतिकताका आधारमा राजीनामा दिनका लागि दाबाब आए पनि प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताउँदै आएका छन्।
 




यसमा तपाइको मत


Comments