14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन प्रधानमन्त्रीको आग्रह 




ढुक्क भएर कोरोनाविरुद्धको खोप लगाउन प्रधानमन्त्रीको आग्रह 

काठमाडौं, २३ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेपछि उनले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका हुन् । 
खोप लगाइसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा गएर खोप लगाउन आग्रह गरे । । प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोपले लगाइसकेपछि आफूलाई कुनै स्वास्थ्य समस्या नदेखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गरेका छन् । 
सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिन शुरु गरेको छ । 




यसमा तपाइको मत


Comments