14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रात्रिकालीन व्यवसाय र आवागमनमा कडाइ गरिँदै(विज्ञप्तिसहित)




रात्रिकालीन व्यवसाय र आवागमनमा कडाइ गरिँदै(विज्ञप्तिसहित)

काठमाडौं, २५ चैत । सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाइ गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दो जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय र गतिविधिमा कडाइ गर्ने निर्णय गरेको जानकारी दिएको हो।

जोखिम बढेका ठूला सहरहरुमा सार्वजनिक यातायातमा यात्रा गर्दा वा भिडभाड हुने स्थानमा रहँदा आवश्यक स्वास्थ्य मापदण्ड लागू गराउने मन्त्रालयले जनाएको छ।  यस्तै ‍काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यता रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेदेखि कडाइका साथ बन्द गर्नरगराउन मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। 

संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित निकालयलाई आग्रह गरेको छ।

यसैगरी ठूला सहरहरुमा ५०० भन्दा बढी र साना शहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गरिने भएको छ।विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ।

यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्ति




यसमा तपाइको मत


Comments