14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिंगटी हाइड्रो इनर्जीको आइपीओ शुक्रबार बाँडफाड




सिंगटी हाइड्रो इनर्जीको आइपीओ शुक्रबार बाँडफाड

काठमाडौं, २६ चैत । सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट शुक्रबार ११ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट हुनेछ । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
 
गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो । 
 
यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै आइपीओ पाउनबाट वञ्चित हुनेछन् । 




यसमा तपाइको मत


Comments