14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्छः नेपाल 




समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्छः नेपाल 


पर्सा, २९ चैत । नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमबाट मात्रै पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने बताएका छन् । 
नेता नेपालले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे । 

प्रेस सङ्गठन नेपाल पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए । उनले विगतका तिता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरू तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत् रहेको आरोप लगाए । एकले अर्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनुपर्नेमा नेता नेपालले जोड दिए । 
नेता नेपालले नेता तथा कार्यकर्तामाथि गरिएको कारबाहीले पार्टीलाई कमजोर तुल्याउने बताए  




यसमा तपाइको मत


Comments