14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौंसहित देशका केहि ठाउँमा वायु प्रदूषण अझै कायमै




काठमाडौंसहित देशका केहि ठाउँमा वायु प्रदूषण अझै कायमै

काठमाडौं, २ वैशाख । काठमाडौंसहित नेपालका केहि ठाउँमा अझै वायु प्रदूषण रहेको छ। काठमाडौंसहित देशका विभिन्न ठाउँको वायु अहिले अति अस्वस्थ अवस्थामा रहेको वातावरण विभागले जनाएको छ । अहिले धनगढी, भरतपुरलगायत ठाउँको वायु सबैभन्दा धेरै प्रदूषित देखिएका छन् । 

यी क्षेत्रहरुको वायु प्रदूषण मापन गर्ने एक्यूआई २ सयभन्दा माथि छ । २ सयभन्दा माथि एक्यूआई हुनुलाई अति अस्वस्थकर अवस्था मानिन्छ । यस्तै विश्वभर प्रदूषित सहरहरुको तुलनामा नेपालको काठमाण्डौमा सबैभन्दा धेरै प्रदूषण कायमै रहेको देखिएको छ ।
काठमाडौंको एक्यूआई १९४ मापन गरिएको छ । सबैभन्दा प्रदूषित सूचीमा भारतको नयाँ दिल्ली, चिनको वुहानलगायत रहेका छन् । भारतको नयाँ दिल्लीको एक्यूआई २ सयको हाराहारीमा रहेको छ ।

यसैबीच, प्रदूषण र कोरोना सङ्क्रमणको डर कायमै रहेकोले आवश्यक स्वास्थ्य सावधानी अपनाउन र मास्क लगाउन डाक्टरले सुझाव दिएका छन्। 

मास्कले धेरै रोग र सङ्क्रमणबाट जोगाउने भएकाले अनिवार्य मास्क लगाएर मात्रै घरबाहिर निस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ । 

 




यसमा तपाइको मत


Comments