14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो सुनको भाउ




बढ्यो सुनको भाउ


काठमाडौं, २४ वैशाख । सुनको भाउ शुक्रबार तोलामा एघार सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको हो । 
बिहीबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एकैदिन तोलामा एघार सय रुपैयाँ बढेको हो । अस्ति बुधवार सुन तोलामा ९० हजार तीन सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बढेको छ ।

बिहीबार तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १३ सय ५० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।




यसमा तपाइको मत


Comments