14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कर्णालीमा थपिए तीन मन्त्री, केसी र भण्डारीले दिए राजीनामा




कर्णालीमा थपिए तीन मन्त्री, केसी र भण्डारीले दिए राजीनामा

काठमाडौं, २९ वैशाख । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री थपेका छन् । नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली  रहेको छन् । 

शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई दिइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिएका छन् । 
मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । 




यसमा तपाइको मत


Comments