14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गण्डकीकाे मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त    




गण्डकीकाे मुख्यमन्त्रीमा पुन: पृथ्वीसुब्बा गुरुङ नियुक्त    

गण्डकी, २९ वैशाख । गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त भएका छन् ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा आज नियुक्त गरेकी हुन् । 
 यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । 
 यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।     
 मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । 




यसमा तपाइको मत


Comments