15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा ताउ–ते आँधीको प्रभाव(मौसम पूर्वानुमानसहित)




नेपालमा ताउ–ते आँधीको प्रभाव(मौसम पूर्वानुमानसहित)

काठमाडौं, ४ जेठ । पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ–तेको प्रभाव नेपालमा पनि परेको छ। 
मौसम पूर्वानुमान महाशाखाले  ताउ–ते सामुद्रिक आँधीले सोमबार राति जमिनमा प्रवेश गरिसकेको  र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ। देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ–ते को प्रभाव रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ जेठ ४ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

२०७८ जेठ ५ गते (बुधबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

२०७८ जेठ ६ गते (बिहिबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात/वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।




यसमा तपाइको मत


Comments