15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

‘हाम्रो युवा नेपाल’ले पीडित परिवारलाई दैनिक निःशुल्क खाना सहयोग 




‘हाम्रो युवा नेपाल’ले पीडित परिवारलाई दैनिक निःशुल्क खाना सहयोग 

काठमाडौं, २१ जेठ । उपत्याकाका बिभिन्न क्षेत्रका असहाय, दैनिक ज्यालादारी गरी जिबिकोपार्जन गर्ने व्यक्तिहरुलाई ‘हाम्रो युवा नेपाल’ नामक संस्थाले निःशुल्क खाद्यान्न सामग्रीका साथै दैनिक खाना बितरण गरेको छ । सो संस्थाले कोरोना भाइरस (कोभिड–१९) को कारण बिभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुर गरेर बसेका असाहय व्यक्तिहरुलाई निःशुल्क खाना बितरण गरेको हो । 


‘हाम्रो युवा नेपाल’ले यस लकडाउनको अवधि भर बिभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुर गरेर बसेका असाहय व्यक्तिहरुलाई निःशुल्क खाना बितरणलाई निरन्तर दिने संस्थाका सदस्य गणेश राउतले न्यूज आजकोलाई बताए ।

करिब १०० जना भन्दा बढी युवाहरु आवद्ध रहेको उक्त संस्थाले कहिले सडकमा डिउटीमा रहेका प्रहरीलाई फलफूल र पानी बितरण गरेका थिए भने कहिले सडकमा अलपत्र परेकाहरुलाई खाना र कपडाको व्यवस्था गरेका छन् । ‘बिहान दिउँसो होस् वा राती हामी तपाईको साथी’ भन्ने मूल नाराको साथ सञ्चलान भएको उक्त संस्थाले निःशुल्क भोजन तथा खाद्यान्न सामाग्रि बितरण कार्यक्रममा हालसम्म दैनिक करिब ५ सय जनालाई खाना खुवाएको र दैनिक १० परिवारलाई राहात बडिएको संस्थाका सदस्य हुकुम के.सी.ले बताए ।


सो निःशुल्क खाना तथा राहात बितरणको लागि युवा बिद्यार्थि नेता हेमराज थापाले ५ बोरा चामल र रेस्लर खेलाडी मुना श्रेष्ठले ३ बोरा चामल सहयोग गरेको र अन्य स्रोतहरु आफ्नै सदस्यबाट जुटाएको संस्थाका सदस्य योगेश शाक्यले बताए । शाक्यले भने, ‘कोही कसैले सहयोग गर्न चाहानुहुन्छ भने हाम्रो युवा नेपाल’का कुनै पनि सदस्यलाई सम्पर्क गर्न सक्नु हुनेछ । हामी पारदर्शि रुपमा काम गरिरहेका छौं, तपाईको सानो सहयोगले कुनै व्यक्ति खानबाट बन्चित हुनेछैन ।’


यसै गरी, संस्थाका सदस्य प्रेम योङहोङले अबका दिनमा हाम्रो यो संस्थाले उपत्याकामा मात्र सिमित नभई देशका बिभिन्न स्थानमा दुःखी पिडीतहरुलाई सहयोग गर्ने बताए । योङहोङले भने, ‘यो संस्थामा हामी पूर्वदेखि पश्चिम र उत्तर देखि दक्षिण नेपालका कुना–कुनाका व्यक्तिहरु सदस्य छौं सोही कारण कुन क्षेत्रमा दुःख परेको छ भन्ने पत्ता लगाउन हामीलाई सजिलो हुनेछ त्यसै अनुसार हामिले पिडीत व्यक्तिकोमा पुगेर सहयोग गर्न सहज हुनेछ ।’

 


 
 




यसमा तपाइको मत


Comments