15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सेयर बजारमा उछाल, ९ अर्ब ८२ करोड बराबरको कारोबार




 सेयर बजारमा उछाल, ९ अर्ब ८२ करोड बराबरको कारोबार

काठमाडौं, २१ भदौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उछाल आएको छ । सोमबार बजार १६१.९४ अंकले वृद्धि भएको हो । उक्त दिन बजार परिसुचक २९८०.७९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन सबै समूहमा हरियाली छाएको छ । आज तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ४६ करोड ३० लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार कै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको २६ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, सबैभन्दा बढी कारोबार गर्ने तेस्रो स्थानमा अपर तामाकोशी रहेको छ । आज कम्पनीको २४ करोड ९२ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।   राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गरे । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् ।




यसमा तपाइको मत


Comments