14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विग्रिएका सडेगलेको कम्युनिष्ट पार्टी ध्वस्त पार्नुपर्छ भन्नेहरु एकातर्फ छन्ः ओली 




विग्रिएका सडेगलेको कम्युनिष्ट पार्टी ध्वस्त पार्नुपर्छ भन्नेहरु एकातर्फ छन्ः ओली 

काठमाडौं, २२ भदौ । एमाले अध्यक्ष केपी ओलीले एमाले अब २ जेठ २०७५ मा जस्ताको तस्तै नफर्कने बताएका छन् । विगतमा माधव नेपालसँग लागेका तेस्रोे पक्षका नेताहरु १० बुँदे सहमति अनुरुप पार्टी २ जेठ २०७५ मा फर्केको भन्दै एकताको पक्षमा अगाडि बढेका बेला अध्यक्ष ओलीले यस्तो प्रष्टिकरण दिएका हुन् । १० बुँदे सम्झौतालाई उपयोग गर्दै अगाडि बढिएको उनको भनाइ छ । 

पोखरामा मंगलबार एमाले कास्कीले आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै उनले हिजो माधव नेपालसँग लागेर अहिले पार्टीमा रहेकाहरुलाई सजिलोसँग अप्ठ्यारो नमानी अगाडि बढ्न आग्रह गरेका छन् । 
हिजो अन्तरसंघर्ष ठानिएर अलमलमा परेका नेता कार्यकर्ताहरु अहिले पार्टीमा एकढिक्का भएर लागेको उनको दाबी छ । हिजो माधव नेपालतर्फ लाग्नेहरु हामी झुक्किएका रहेछौं भन्दै आएको र आफूहरु एकै कित्तामा रहेको अध्यक्ष ओलीले बताए । ‘पार्टीमा अन्तरसंघर्ष ठानिएका बेला त्यतातर्फ लागेकाहरु अहिले पार्टी विभाजन गर्ने नियत देखेपछि पार्टी फुट्न हुन्न भनेर लाग्ने र हामी एक कित्तामा छौं । माधव नेपालको पार्टी फूटाएर प्रतिक्रियावादीहरुलाई फाइदा पु¥याउने नियत रहेछ भन्ने बुझेकाहरु एक ठाउँमा छौं । विग्रिएका सडेगलेको कम्युनिष्ट पार्टी ध्वस्त पार्नुपर्छ भन्नेहरु एकातर्फ छन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टी प्रतिपक्षमा छ भनेर निरास नहुनसमेत पार्टीका कार्यकर्तालाई आग्रह गरे । देशका समस्यातर्फ सरकारको ध्यान नरहेको र देशले दुःख पाउन थालेको उनले बताए । 




यसमा तपाइको मत


Comments