14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

असोज १ गतेदेखि सहुलियत बजार सञ्चालन गर्ने तयारी




असोज १ गतेदेखि सहुलियत बजार सञ्चालन गर्ने तयारी

काठमाडौं, २२ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ गतेदेखि सहुलियत बजार सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले दसैं, तिहार, छठ चाडपर्व नजिकिँदै गर्दा आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि सुपथ मूल्य असोज १ गतेबाट छठपछिको १ हप्तासम्म सञ्चालन गर्ने भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि तीन हजार खसीबोका र च्याङग्रा ल्याउने भएको छ ।

कम्पनीले गत वर्षकै हाराहारीमा खसीबोका ल्याउने भएको हो । कम्पनीले गत वर्ष ३ हजार खसीबोका र १४ सय च्याङ्ग्रा ल्याएको थियो ।
 




यसमा तपाइको मत


Comments