14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप १५६२ जनामा कोरोना संक्रमण 




नेपालमा थप १५६२ जनामा कोरोना संक्रमण 

काठमाडौं, २९ भदौ । नेपालमा थप  एक हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार ५८९ संक्रमित निको भएका छन्।  संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९८४ जनाको मृत्यु भएको छ। 

यस्तै, काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।  काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 




यसमा तपाइको मत


Comments