14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन खुला




न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन खुला

काठमाडौं, १५ असोज । न्यादी हाइड्रोपावर लिमिटेडको रु. २२ करोड ५० लाखको आईपीओमा आज (असोज १५ गते) बाट आवेदन खुला गरिएको छ। कम्पनीले १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

न्यादी हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थारु र तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।  यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १९ गते र ढिलोमा असोज ३१ गते बैंकिङ समयपछि हुनेछ।  




यसमा तपाइको मत


Comments