14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्यो कोरोना संक्रमणको दर 




घट्यो कोरोना संक्रमणको दर 


काठमाडौं, २४ असोज । आइतवार पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार २३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी कुल ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ पुगेको छ । यसैगरी, आइतवार ८७१ जना निको भएसँगै हालसम्म ७ लाख ७५ हजार ९४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।




यसमा तपाइको मत


Comments