15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित




भारतविरुद्ध पाकिस्तानको ऐतिहासिक जित


काठमाडौं, ७ कात्तिक । पाकिस्तानले आईसीसी टी २० विश्वकप भारतमाथि ऐतिहासिक जित हात पारेको छ। आईसीसी टी२० विश्वकप २०२१ को सुपर १२ को समूह ‘बी’ मा रहेको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुआत गरेको छ। पाकिस्तानले भारतलाई कुनैपनि विश्वकपमा पहिलोपटक पराजित गरेको हो।

जितको लागि १ सय ५२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७।५ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो।

पाकिस्तानको जितमा कप्तान आजम ६८ रनमा अविजित रहे। उनले ५२ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर मोहम्मद रिजवान ७९ रनमा अविजित रहे। उनले  ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो।

भारतका कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। टी२० विश्वकपमा कोहलीको यो १०औं अर्धशतक हो। टी२० आई करिअरको २९ औं अर्धशतक हो।

ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए। रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए।

भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी शून्य रनमा अविजित रहे। पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट लिए। हसन अलीले २ विकेट लिए। हरिस रौफ र शादब खानले ११ विकेट लिए।



Related News


यसमा तपाइको मत


Comments