14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

२२ एसपीको सरुवा, काठमाडौं परिसरमा मैनाली(सूचीसहित)




२२ एसपीको सरुवा, काठमाडौं परिसरमा मैनाली(सूचीसहित)


काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका २२ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अनुराग कुमार द्विवेदीको मानव बेचविखन अनुसन्धान व्युरोबाट सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा सरुवा भएको छ ।

अबिनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नक्शालबाट जिल्ला प्रहरी कार्यालय सप्तरीमा, कृष्ण प्रसाईंको दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा र टिकाबहादुर केसीको काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखाबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुरमा सरुवा भएको छ ।

तुलबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा र दिनेशराज मैनालीको जिल्ला प्रहरी कार्यालय तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको छ ।




यसमा तपाइको मत


Comments