15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपाललाई विकासशील राष्ट्रको सूचीमा उकाल्ने प्रस्ताव अनुमोदन




 नेपाललाई विकासशील राष्ट्रको सूचीमा उकाल्ने प्रस्ताव अनुमोदन

काठमाडौं, ९ मंसिर । संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ। 
अमेरिकाको न्युयोर्कमा बिहीबार आयोजित राष्ट्रसंघीय महासभाको ७६ औं सत्रको ४० औं बैठकले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा उकाल्ने प्रस्ताव अनुमोदन गरेको हो। 
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग, न्युयोर्कका अनुसार नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट विकासशील सूचीमा राख्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट सर्वसम्मतीले अनुमोदन गरेको हो। नेपाल अबको ५ वर्षपछि अर्थात् सन् २०२६ मा मात्रै विकासशील मुलुकको सूचीमा उक्लिनेछ। यो ५ वर्षलाई संक्रमणकालीन अवधि मानिनेछ। 


 




यसमा तपाइको मत


Comments