14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

निर्वाचन आयोगले बाबुराम भट्टराईलाई साेध्याे स्पष्टीकरण




निर्वाचन आयोगले बाबुराम भट्टराईलाई साेध्याे स्पष्टीकरण

काठमाडौं,३० वैशाख । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए। 

आयोगले गोरखाको पालुङटार नगरपालिका अन्नपूर्ण मावि खोप्लाङका मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधेको हो ।

‘निज डा. बाबुराम भट्टराईले फोटो लिने सामग्री (मोबाइल वा क्यामेरा) लैजाँदा के कति कारणले सम्बन्धित मतदान अधिकृतले फोटो लिने सामग्री लानबाट रोक्नु भएन ?’ स्पष्टीकरणमा भनिएको छ ? ‘

मतदान अधिकृतलाई झुक्याएर फोटो खिच्ने सामग्री लगेर मतपत्रमा गोप्य मत संकेतको फोटो खिचेको भए किन निजलाई तत्काल कारवाही भएन भनेर आयोगले साँचो विवरण खुलाई यथाशीघ्र प्रतिवेदन पठाउन आयोगले भनेको छ ।




यसमा तपाइको मत


Comments