14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बारले निकाल्यो विज्ञप्ति




न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा बारले निकाल्यो विज्ञप्ति

काठमाडौं, ८ असार । नेपाल बार एसोसिएसनले न्यायाधीश–वकिलबीचको अडियो प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

बारका महासचिव अन्जिता खनालले बुधबार जारी गरेको विज्ञप्तिमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोख्रेल बीचमा इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो  सार्वजनिक प्रकरणमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिकाका लागि बार निरन्तर एशोसिएशन क्रियाशील रहेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एशोसिएसनले सदैव पहरेदारी गरि आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र प्रसाद पोख्रेल बीचमा ई।इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि मोलमोलाई गरिएको अडियो प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्य हुनु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ । 




यसमा तपाइको मत


Comments