15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मन्त्रिपरिषद् पुनर्गठनको तयारी




मन्त्रिपरिषद् पुनर्गठनको तयारी

काठमाडौं, २० असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा)को दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।

सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने यसअघि नै निर्णय गरिसकेको जसपाले सोमबार नयाँ मन्त्री पठाउँदैछ।  जसपा स्रोतका अनुसार मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात र प्रदीव यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

अन्य मन्त्रीका विषयमा छलफल भइरहेको छ। जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने निरन्तरता दिनेछ।

यसअघि सरकारमा जसपाको तर्फबाट श्रेष्ठका अलवा रेनुकुमारी यादव भौतिक पूर्वाधार, रामसहाय प्रसाद यावद वन, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास मन्त्री छन्। 




यसमा तपाइको मत


Comments