12 Ashwin, 2079 / 28 September , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरानाबाट दुई जनाको मृत्यु, थप २६३ मा संक्रमण पुष्टि




कोरानाबाट दुई जनाको मृत्यु, थप २६३ मा संक्रमण पुष्टि

काठमाडौं, २८ साउन । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  सो अवधिमा देशभरबाट ३१६५ नमूना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३९९ र एन्टिजेनबाट १७६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६२ र एन्टिजेनबाट १०१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। हाल कोरोना सक्रिय संक्रमितको संख्या ५४३४ पुगेको छ।  
 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti