14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप ४५५ मा संक्रमण पुष्टि, २ जनाको मृत्यु




थप ४५५ मा संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं, २९ साउन । मुलुकभर पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४,८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

२,३०८ पीसीआर परीक्षणमा ३०५ र २,५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ। त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन्।




यसमा तपाइको मत


Comments